ललितपुर। कोन्ज्योसोम गाउँपालिकाले सीप परीक्षणमा सहभागि हुन चहाने स्वरोजगार व्यावसायिक अनुभव भएका नागरिकलाई आफूलाई पायक पर्ने परीक्षण केन्द्रमा उपस्थित भइ आवेदन दिन आग्रह गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय सीप परीक्षण समिति स्वीकृत राष्ट्रिय व्यावसायगत सीप प्रमाणिक अनुसार नियमिततर्फ सहुलियत शुल्कमा सञ्चालन हुन पूर्व सिकाइका मान्यतामा आधारित सीप परीक्षणमा सहभागि हुन चहाने स्वरोजगार व्यावसायिक अनुभव भएका वा वैदेशिक रोजगारीबाट फर्केका अनुभवी नेपाली नागरिकहरुबाट आफूलाई पायक पर्ने परीक्षण केन्द्रमा उपस्थित भइ आवेदन पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
आवेदन फारम संकलन भदौ ९ गतेसम्म र सीप परीक्षणको मिति समय र स्थान एसएमएसबाट जानकारी जनाइने, थप जानकारीका लागि राष्टिय सीप परीक्षणको वेभ ठेगाना र कोन्ज्योसोम गाउँपालिकामा सम्पर्क राख्न गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।