जवर्जस्ती करणीको आरोपमा भक्तपुरका एक प्रहरी हवल्दार जेल चलान

39

भक्तपुर :- जवर्जस्ती करणीको आरोपमा भक्तपुरका एक प्रहरी हवल्दार जेल चलान भएका छन् । प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा उनी जेल चलान भएका हुन् ।

भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि जेल चलान गरिदिएको हो ।

श्रेष्ठले गत असारमा एक नाबालिकालाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग लागेको छ ।

राति कलमपोखरी छेउमा केटा र केटी भेटी हवल्दार श्रेष्ठ समेतले पक्राउ गरेका र केटालाई छाडेर केटीलाई त्यही राखी राति जबर्जस्ती करणी गरेका उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो ।