नगरकोटको मुहानपोखरी क्षेत्रमा हराएका पर्यटकको मध्सयरातमा सकुशल उद्धार

82

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा शनिवार साँझ हराएका तीन भारतीय पर्यटकसहित चार जनालाई   सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएका भारतीय नागरिकहरुमा नितिन तिवारी, रश्मि तिवारी र तनिस तिवारी तथा नेपाली गाईड हरि प्रसाद खरेल रहेको चाँगुनारायण नगरपालिका वडा नंं ६ का वडाअध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
पर्यटकहरु जंगलमा हराएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाले जंगलमा खोजी कार्य गर्ने क्रममा गएराती पौने एक बजे हलहले खोप (खोल्ची) क्षेत्रमा अलपत्र अवस्थामा फेला परेको लामाले बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार मुहानपोखरी रानीझुला क्षेत्रमा शनिवार साँझ भ्रमणका गएका भारतीय पर्यटकको टोली बाटो बिराएर जंगलमा हराएका थिए । नगर प्रमुख खत्रीले शनिवार साँझ सामाजिक सञ्जालमार्फत मुहानपोखरी रानीझुला पुलबाट विदेशी पर्यटकहरू बाटो बिर्सीएर जंगलमा अलमलमा परेको हुनाले खोजी कार्य भईरहेकोले स्थानीयलाई पनि सहयोगको आह्वान गर्नुभएको थियो ।