भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारमा शर्मा

32

भक्तपुर । भक्तपुर जिल्ला अदालतको श्रेष्तेदार पदमा हेमराज शर्माको सरुवा भएको छ । यस अघिका श्रेष्तेदार ऋतवहादुर पुलामी मगर जिल्ला न्यायाधिस नियुक्त भएपछि रिक्त पदमा शर्मालाई काज सरुवा गरिएको हो ।

सर्वोच्च अदालतले आज बुधवार २९ जनाको काज सरुवा गर्नेक्रममा शर्मालाई भक्तपुर जिल्ला अदालतमा जिम्मेवारी दिएको बताइएको छ । शर्मालाई सर्वोच्च अदालतको इजलास अधिकृतबाट काजमा भक्तपुरको श्रेष्तेदार बनाइएको हो ।

जिल्ला अदालतमा श्रेष्तेदार प्रशासन प्रमुख रहने व्यवस्था छ ।