कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक

34

काठमाडौँ । कान्छा रिदम तामाङको गोङमा बोलको गीत सार्वजनिक भएको छ । तामाङ साङ्गीतिक क्षेत्रमा उदाउँदो सिताराका रूपमा चिनिएका युवा गायक कान्छाले तामाङ साङ्गीतिक दुनियाँमा एउटा नयाँ इट्टा थपेका छन् ।

तामाङ गीत सङ्गीतमा एक इट्टा थप्दै उनीले साङ्गीतिक दुनियाँमा यस गीतले एक नयाँ आयाम थप्ने विश्वास लिएको बताए ।

मार्मिक शब्दका साथ बजारमा आएको उक्त गीतको ङाई ब्रापा ग्यालामरी गोेङमो एला ताबा मुबा जस्ता पङ्क्तिहरूले श्रोतालाई भावनात्मक रूपमा मन छुने विश्वास लिइएको छ ।

यस गीतको रचना युवा गीतकार कुमार बम्जन तामाङले गरेका हुने भने गीतको सङ्गीत संयोजन तामाङ कलाकार सङ्घका अध्यक्ष एवं प्रतिष्ठित गायक तथा सङ्गीतकार विशाल काल्तनले गरेका छन् ।

चोखो माया सम्बन्धलाई व्यक्त गर्ने यस गीत एक वास्तविक प्रेमी जसले हृदयबाट गरेको माया कसरी भुल भयो भन्ने भावमा प्रस्तुत श्रोता माझ पस्किएको छ । गीतमा स्वर र सङ्गीतलाई मार्मिक रूपमा प्रस्तुति गरिएको छ जसले आम तामाङ समुदायको मन जित्ने अपेक्षा लिइएको छ ।

गायक कान्छा रिदम तामाङको सुमधुर आवाजमा सजिएको यस गीतको एरेञ्ज कुशल एरेञ्जर बुद्ध स्याङबाले गरेका हुन् भने अडियो मिक्सिङ किशोर थापाबाट भएको हो ।

कान्छा रिदमको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले प्रेममा रहेका जोडीहरूलाई प्रेरणा ऊर्जा र दिशा दिनेमा आफूहरू विश्वस्त रहेको गायक बताउँछन् ।