हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्री क्वाटरमा आगलागी

20

हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको कार्यलयमा बिधुत सट भएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगाएतमा क्षती भएको प्रहरीको भनाई छ । आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।