स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल

13

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याइने बताए ।

स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेको बताए । उनले सो घोषणालाई सरकारको नीति बनाउने बताए ।

उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।

‘मेरो विचारमा हामीले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै हो । आज हामीले जुन बीमा सेवा प्राप्त गरेका छौँ, त्यो व्यवस्थित छैन । त्यसबाट हामीले आवश्यक पर्ने सबै सुविधा सहज ढंगबाट, बीमाको सीमाबाट प्राप्त गर्न सकिने स्थिति छैन । एक लाख बाट प्राप्त गर्न सकिरहेको स्थिति छैन । त्यसैले बीमाको सिमालाई बढाउने, पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । हामी यसलाई सरकारको नीति बनाउन चाहन्छौँ । स्रोत छैन । स्रोत नभएको कारणले एक लाख पनि व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुन सक्छ भनेर हामीलाई प्रश्न गरिरहनु भएको छ’, पौडेलले भने ।

उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।