नेपाल भाषा विषयमा उत्कृष्ट महिला प्राचार्य तथा विद्यार्थीहरू सम्मानित

129

भक्तपुर । नेपाल भाषा केन्द्रीय विभागको ४४ औ वार्षिक उत्सवको उपलक्ष्यमा शुक्रवार कवि शिरोमणि स्व वैकुण्ठ प्रसाद लाकौल स्मृति पुरस्कार तथा चैन लाकौल स्मृति पुरस्कार बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठबाट चैन लाकौल भवन, नेपाल भाषा केन्द्रीय विभाग, पाटन ढोकामा नेपाल भाषाका अग्रज महिला प्राध्यापक एवं स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने हुने महिला तीन जना विद्यार्थीहरूलाई सम्मान सहितको नगद पुरस्कार वितरण गरियो ।

नेपाल भाषा विषय र यसका साहित्य क्षेत्रमा अतुलनीय योगदान गर्नु हुने व्यक्तित्वहरूलाई दुई वर्षको एक पटक दिइने सम् मानपत्र तथा नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि हरिप्रभा खड्की श्रेष्ठबाट अग्रज प्राचार्य प्रेम शान्ति तुलाधरलाई वितरण गर्नु भयो साथै हरेक वर्ष नेपाल भाषा स्नातकोत्तर तह सबभन्दा बढी अङ्क ल्याउने महिला उत्कृष्ट विद्यार्थीहरू कृष्ण प्यारी श्रेष्ठ–२०७५, पद्मा खयरगोली–२०७६ र रजनी श्रेष्ठ–२०७७ लाई पनि सम्मान पत्र तथा नगद पुरस्कार वितरण गर्नु भयो ।

नेपाल भाषा स्नातकोत्तर तह विसं २०७६ मा महिला मध्यबाट भक्तपुरका चेली पद्मा खयरगोलीले उत्कृष्ट श्रेष्ठ पदक हासिल गरेपश्चात् शुक्रवार पुनः नेपाल भाषा विषयमा उत्कृष्ट महिला विद्यार्थीको चैन लाकौल सिरपा(उपाधि) तथा नगद पुरस्कारबाट सम्मानित हुनु भयो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठ, पाटन कलेजका प्रमुख लक्ष्मण कुवर, नेपाल भाषा केन्द्रीय विभागका सह प्राचार्य डा. राजनलाल जोशी, पूर्व प्रा. तथा नेपाल भाषाविद् डा. सुन्दर लाल श्रेष्ठ, प्रा. प्रेम शान्ति तुलाधर, डा. बज्रमुनि बज्राचार्य, वैकुण्ठ प्रसाद लाकौलका सुपुत्र नीलकण्ठ लाकौल, पद्मा खयरगोली, लुमन्ती दबुका शकुन्तला महर्जनले बोल्नु भएको सो कार्यक्रमको सभापतित्व नेपाल भाषा केन्द्रीय विभागका प्राचार्य राजनलाल जोशीले गर्नु भएको थियो भने सञ्चालन नितु डङ्गोलले गरेको थियो ।