भरतबन्धु संचार बिज्ञमा मनोनयन

9

भक्तपुर । लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई संचार बिज्ञमा मनोनयन भएका छन् ।
विगत साढे दुई दशकदेखि लेखन तथा फोटोग्राफर रूपमा क्रियाशिल थापालाई संचार बिज्ञका रुपमा मनोनयन गरेकोे नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासघका अध्यक्ष शिव सागर शर्माले बताए।
नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासघले आयोजना गरेको एक कार्यक्रमका बीच थापालाई संचार बिज्ञमा नियुक्त गरेको हो।
२०६३ सालमा स्थापना भएको महासंघ अध्ययन अध्यापनको जोड दिदै स्वदेश तथा विदेशमा बिभिन्न प्रर्दशनी गर्दै आएको छ ।
थापाले यसअघि वाईल्ड वेष्ट नेपाल(२०१३),गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०),एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१), तस्बिरमा नेपाल (२०२१), पञ्चकोशी दैलेख (२०२३) लगाएत पुस्तक प्रकाशन गरीसकेका छन्