कोन्ज्योसोमले निःशुल्क रेविज रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने

12

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिकाले सूचना सार्वजनिक गरी सबै वडामा रेविज विरुद्धको खोप सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोमा निःशुल्क रुपमा रेबिज विरुद्धको खोप सञ्चालन हुने भएकाले आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन सबै वडाबासीलाई गाउँपालिकाले आग्रह गरेको छ ।
खोप कार्यक्रम गाउँपालिकाले विभिन्न वडामा गरी असोज ११ गतेदेखि १४ गतेसम्म सञ्चालन गर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।