अरनिको माविका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण

19

भक्तपुर । सूर्यविनायक न.पा ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्दै आइरहेको छ । छात्रवृत्ति वितरणकै क्रममा अरनिको माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्राचार्य प्रेमबहादुर खड्काले आफ्नो स्व.बुबाआमा रुद्र बहादुर खड्का र शिवकुमारी खड्का स्मृति छात्रवृत्ति कोष नामाकरण गरी रु. ५ लाख १ रुपैयाँ को कोष स्थापना गरेर २०८० सालमा छात्रवृत्ति बितरण गर्नुभएको थियो र २०८१ मा पनि उहाँले अरनिको मा.वि.का विद्यार्थीहरुलाई दोस्रो पटक छात्रवृत्ति बितरण गर्नुभयो। उहाँले आफ्नो स्व. बुवाले तत्कालिन प्रधान पंच दधिकोट गाउँ पंचायत कालमा आफू गाउँको प्रधान पंचको रुपमा हुँदा गाउँ पंचायत भवन बनाउनको निमित्त बागमती अञ्चलाधीस आदेशबाट दिएको रकम रु. ३ हजार रुपैंयाले यस अरनिको माविको कक्षा कोठा बनाउनुभएको जानकारी दिँदै माविको भवन बनाउनाले उहाँको बुवालाई अञ्चलाधीसले पंचायत बनाउन दिएको रकमले विद्यालय बनाएको भन्दै सोही रकममा पंचायत भवन बनाउन आदेश दिएपछि आफ्नो घरको जम्मा पुँजी धन बेचेर पंचायत भवन बनाएको र कक्षा कोठा बनिसकेपछि बुवाले शिक्षा मन्त्रालय सेक्सन अफिसरको सहयोगमा रु. २० हजार रकम ल्याएर ७ कोठा बनाउन सफल भई १–२ वर्षको अन्तरालमा फेरि रु.२०÷२० हजार सहयोग ल्याई पुरानो भवन बनेको बताउनुभयो। उहाँले यस मा.वि.को स्थापनाकालमा आफ्नो बुबाले गर्नुभएको योगदान र सो योगदानमा आफ्नो आमाले दिनुभएको साथ र सहयोगको सम्झनामा यो कोष जुन पढ्न नपाएका, जेहेन्दार, आर्थिक स्थिति कमजोर भएका विद्यार्थी भाइबहिनीको सहयोगका लागि स्थापना गरिएको बताउनुभयो। उहाँले आफ्नो बुबाआमाकै आशिर्वादले आफू पनि यस मा.वि.को प्राचार्य भएर विद्यार्थीको उज्जवल भविष्यका लागि आफू पनि कर्तव्यनिष्ठा भई स्थानीयबासी, जर्मनकी म्याडम यस्ट्रिट र हिलफि भन्ने संस्थाको सहयोगमा यस मा.विको नयाँ भवन बनाउन सफल भएको बताउनुभयो। उहाँले आफू मा.वि मा नरहेपनि वर्तमान प्राचार्य, शिक्षकशिक्षिका र विद्यार्थीलाई सदैव साथसहयोग दिने प्रतिबद्धता जनाउनुभयो र साथै अबको जाडो मौसममा जुन जुन विद्यार्थी भाइबहिनीहरुको आर्थिक स्थिति कमजोर छ उनीहरुलाई जाकेट वितरण गर्ने पनि जानकारी दिनुभयो। कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ४ का अध्यक्ष लछुराम न्यौपानेले विद्यालयको उज्जवल भविष्य र विद्यार्थीहरुको निमित्त आफूले र वडाले गर्नुपर्ने सहयोग सदैव रह्ने बताउनुभयो। उहाँले प्रेम बहादुर खड्का र उहाँको स्व.बुबा रुद्र बहादुर खड्काले यस विद्यालयलाई दिनुभएको साथसहयोग स्व.बुबाको योगदान एउटा उदाहरणीय रहेको बताउनुभयो। कार्यक्रममा माविका प्राचार्य एवं छात्रवृत्ति कोषका संयोजक महेन्द्रकुमार श्रेष्ठले विद्यालयको क्रियाकलाप पठनपाठनमा विशेष ध्यान दिई छात्रवृत्ति कोषको रकमको व्याजबाट जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष निरन्तर सहयोग गर्ने बताउनुभयो र प्रेमबहादुर खड्काले दिनुभएको सल्लाहसुझाव यस विद्यालयले सदैव स्मरण गर्ने पनि बताउनुभयो। कार्यक्रममा स्व. रुद्र बहादुर खड्का र शिवकुमारी खड्काका छोरी, ज्वाई, भान्जाभान्जीको पनि उपस्थिति रहेको थियो भने १ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र ३ जना विद्यार्थीहरुलाई एक बर्षे छात्रबृत्ति (ागिि कअजयबिचकजष्उ) वितरण गरिएको थियो ।