प्रेमचन्द्र झा
रौतहट– जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलो पटक एक गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रचलित कानुन बमोजिम जर्मनीका नागरिक फकरुदिन अलिअहमद शेखलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे।
फकरुदिन शेखको जन्म साविक गम्हरिया पर्सा गाविस वडा नम्बर ५ (हाल गढिमाई नगरपालिका वडा नम्बर ३) मा भएको हो। उनले जर्मनीको नागरिकता २०१८/०२/२३ मा लिएका थिए।
प्रमाणपत्र प्राप्त गरेपछि शेखले खुशी व्यक्त गर्दै, आवश्यक कागजात उपलब्ध गराएको दिन नै विषेश प्राथमिकताका आधारमा नागरिकता पाएको बताए। उनको नागरिकताको प्रमाणपत्र नम्बर ९-३२-०१-८१-००००१ रहेको छ, र बुवाको नाम शेख नेक महमद तथा आमाको नाम शेहरा खातुन उल्लेख गरिएको छ। उनका अनुसार, उनले जन्म मिति २०४०/०१/०१ उल्लेख गराएका छन्।
यो घटनाले गैर आवासीय नेपालीहरूलाई नागरिकताको सुविधा दिने कानुनी प्रक्रियामा नयाँ अध्याय सुरु गरेको छ।