रूपक ढुङ्गाना
भक्तपुर । चाँगुनारायण नगरपालिकाले चाडपर्वलाई
लक्षित गर्छ बजार अनुगमन सुरु गरेको छ, जसको मुख्य उद्देश्य बजारमा उपलब्ध खाद्य वस्तुहरूको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नु हो, विशेषतः चडपर्वको समयमा अखाद्य वस्तु , मिसावट युक्त म्याद नाघेका सामानको बिक्रि वितरण र अत्यधिक मूल्य वृद्धिका कारण उपभोक्ताहरूलाई नोक्सान हुन नदिन अनुगमनलाई कडाइका साथ अघिबढाँइने छ। अनुगमन गर्न क्रममा चा न पा वडा न १ दुवाकोट स्थिति किराना पसलहरूमा म्याद नाघेको खाद्यवस्तुहरू भेटिएको छ र सो खाघवस्तु
अनुगमन टोलीले नष्ट गरेको छ । बरामद भएका खाद्य सामाग्रीहरू निम्न छन् खाने तेल, बदाम जुस ,बिस्कुट, पापड, आदि ।दुवाकोट स्थित अनुगमन गर्ने क्रममा एउटा किराना
पसलमा म्याद नाघेको पेय पदार्थ बदाम जुस बिक्री गरेको भेटिएको छ सो जुस ९ वर्षको वालकले खाने
क्रममा म्याद हेर्दा म्याद नाघेको धेरै समय भय तापनि बिक्री गरेको प्रत्यक्ष भेटिएको छ । उक्त किराना पसललाई
अनुगमन टोलीले जरिवाना तोकेको छ र एक हप्ता भित्र नगरपालिकामा उपस्थित हुन आग्रह गरेको छ ।