विद्या आर्जन डोजोले पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै

17

 

भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ ।

विगत चार वर्ष देखि लगातार कराते विकासमा योगदान दिँदै प्रतियोगिता आयोजना गर्दै आएको विद्या आर्जन शाखा डोजोले भोली अश्विन १७ गते घटस्थापनाको दिन प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिता आदर्श स्थित विद्या आर्जन स्कुलमा सञ्चालन गर्ने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा उपत्यकाका विभिन्न डोजो लगायत काभ्रेका डोजोहरुको पनि सहभागिता रहने विद्या आर्जन डोजोका प्रशिक्षक सूर्य लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।

तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला पुरुष गरी ३ सय बढी खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल तथा जुनियर तर्फ १२ खेल समावेश हुने लामाले जानकारी दिनुभयो । यस्तै महिला तथा पुरुष काता समेत खेलमा समावेश हुने उहाँले जानकारी दिनुभयो ।

खेल डब्लु केएफको मान्यता अनुसार खेलाइने उहाँले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगिताको दौरान अन्तराष्ट्रिय रेफ्रिहरु सम्मान समेत गरिने उहाँले जानकारी दिनुुभएको छ ।
खेलको सम्पूर्ण तयारी पुरा भएको समेत उहाँले जानकारी दिनुभयो