काठमाडौँ । उपत्यका कानुन व्यवसायी समाजको साधारण सभा सम्पन्न भएको छ । उपत्यकामा नै जन्म लिई यही बसोबास गर्ने कानुन व्यवसायीहरूको साझा सङ्गठनका रूपमा उपत्यका कानुन व्यवसायी समाज गठन भएको हो ।
समाजको साधारण सभाबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँको अध्यक्षतामा ३३ सदस्य कार्यसमिति समेत चयन भएको थियो ।
उपत्यकामा जन्मेका कानुन व्यवसायी हरूबिच भाइचारा,बन्धु बान्धवको नाता सम्बन्धलाई अगाडि बढाउँदै आपसमा सहयोग, समन्वय सहकार्य गर्दै बिना कुनै राजनैतिक आस्थाका आधारमा आपसमा पेसागत दक्षता अभिवृद्धि गर्ने, दुःख सुखमा सदैव साथ र सहयोगको भावनाका साथ अनौपचारिक रूपमा करिब २ वर्ष अगाडिबाट सक्रिय रहेको उपत्यका कानुन व्यवसायी समाजको साधारण सभा गुरागाईँलाई सर्वसम्मत गर्दै सम्पन्न भएको हो ।
साधारण सभाले संस्थालाई औपचारिक रूपमा दर्ता गर्ने र विगतमा भएका कार्यक्रमहरूलाई अझ व्यवस्थित र नियमित गर्ने निर्णय गर्दै नयाँ कार्यसमिति समेत गठन गरेको हो ।
उपत्यकामा नै जन्म लिई लामो समय देखि विभिन्न सामाजिक ,आर्थिक गतिविधिमा संलग्न हुनुका साथै मूल रूपमा ब्यबसायीक तवरले कानुन ब्बयसाय नै आफ्नो प्रमुख व्यवसायका रुपमा पेसा अँगाली आउनु भएका साथीहरूको विशेष पहलमा स्थापन भएको यो समाजले विगत देखिनै कानुन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्नुका अतिरिक्त साथीहरू बिचमा भाइचारा बन्ध बान्धवको भावनात्मक एकतालाई जोड दिँदै आएको छ ।
संस्थाको स्थापनामा वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का, बाबु राजा जोशी चण्डेश्वर श्रेष्ठ लगायतको संरक्षकत्व र सम्पूर्ण वरिष्ठ अधिवक्ताहरू सल्लाहकार रही सक्रिय रहेको छ । विशुद्ध गैर राजनैतिक संस्था समूह भएको र हामीहरूको मातृ संस्था नेपाल बार एसोसिएसन भएको प्रति प्रतिबद्ध रहेको समाजले जनाएको छ ।
प्रथम साधारण सभाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँले गर्नु भएको थियो भने वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, बाबु राजा जोशी, चण्डेश्वर श्रेष्ठ, दामोदर खड्का, कोमल प्रकाश घिमिरे, डा.प्रा.विजयप्रसाद मिश्र, हरि राउत, राम श्रेष्ठ, राजु बस्नेत लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता विमल प्रसाद ढकालले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लक्ष्मी पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा हालै मात्र सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेका कानुन व्यवसायीलाई सम्मान तथा प्राध्यापक तथा डा.को उपाधि प्राप्त गर्ने साथीहरूलाई पनि सम्मान गरिएको थियो ।
साधारण बाट निम्न पदाधिकारी तथा सदस्य सर्वसम्मत हुनुभएको थियो
अध्यक्ष ः वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ
उपाध्यक्षहरू ः वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेल
वरिष्ठ अधिवक्ता हरि राउत
अधिवक्ता शोभा बुढाथोकी
अधिवक्ता मंगल महर्जन
अधिवक्ता प्रदीप थापा
अधिवक्ता जनक राज श्रेष्ठ
महासचिव वरिष्ठ अधिवक्ता विमल प्रसाद ढकाल
सचिव अधिवक्ता लक्ष्मी पोखरेल
कोषाध्यक्ष अधिवक्ता प्रकाश महर्जन
सदस्यहरू
वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्र
वरिष्ठ अधिवक्ता नमस कार्की
अधिवक्ता पुण्य प्रसाद दंगाल
अधिवक्ता बिनोद कार्की
अधिवक्ता सृजना महर्जन
अधिवक्ता शोभा कार्की
अधिवक्ता विश्वनाथ खनाल
अधिवक्ता राजु चापागाईँ
अधिवक्ता आत्माराम ढकाल
अधिवक्ता राधिका लामिछाने बराल
अधिवक्ता उज्ज्वल राम श्रेष्ठ
अधिवक्ता अप्सरा ढकाल
अधिवक्ता सन्तोष भण्डारी
अधिवक्ता राजेन्द्र भण्डारी
अधिवक्ता अन्जन कुमार दाहाल
अधिवक्ता सुशील पोखरेल
अधिवक्ता गणेश आचार्य
अधिवक्ता सानु शाक्य
अधिवक्ता किशोरकुमार विष्ट
अधिवक्ता किरण न्यौपाने
अधिवक्ता गोविन्द चौलागाइ
अधिवक्ता अन्जना वासुकला
अधिवक्ता रविना जोशी