लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक : सभापति देउवा

100

भक्तपु्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउनुभएको छ । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउनुुभएको हो ।

उहाँले सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने बताउनुभयो । त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राख्नुभएको थियो ।
अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उहाँको भनाइ थियो ।

त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्या विहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गनुभएको थियो ।
कार्यक्रममा संस्कृति पर्यटन मन्त्री बद्री पाण्डेले शंखधर शाख्वालाई हामीले बुझन सके विभिन्न दर्शन तथा देश भक्तको भावना आउने बताउनुभएको थियो । उहाँले तीनै तहका सरकारमा रहेका हरुले राम्रो काम तथा जवाफदायी काम गर्न सके देश समृद्द हुने बताउनुुभयो ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलवहादुर केसी, बागमती प्रदेशका सभापति इन्द्रवहादुर बानिँयाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा केन्द्रिय सदस्य मदनकृष्ण श्रेष्ठ र गंगा अवाल बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ,बागमती प्रदेशकी पूूर्व वन मन्त्री मनिना खड्का, बागमती प्रदेशका पूूर्व भौतिक पूूर्वाधार मन्त्री कृष्णलाल भँडेल, प्रदेशकै पूूर्व राज्य मन्त्री रजनी जोन्छे, जिल्ला पार्टीका पूूर्व सभापतिहरु लेखनाथ न्यौपाने, महेश श्रेष्ठ, गणेशमान चक्रधर, नगर प्रमुुखहरु जीवन खत्री र सुुरेन्द्र श्रेष्ठ लगाएत बागमती प्रदेश सदस्यहरु जिल्ला पदाधिकारी तथा सदस्यहरु श्रेत्रिय सभापतिहरु प्रदेश सभापतिहरु नगर सभापतिहरु तथा वडा अध्यक्ष लगाएत पार्टीका विभन्न तह तप्काका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सभापतित्व जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य दुुर्लभ थापाले गर्नुुभएको थियो भने स्वागत प्रवत्ता रविन्द्र प्रधानले गर्नुभएको थियो भने कार्यक्रम जिल्ला सह सचिव यादव अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा जय नेपाल बुुलेटिनको लोकार्पण तथा नेपाल सम्वतको क्यालेन्डरको लोपार्कपण समेत भएको थियो ।

२० जनाले गरे रक्तदान


कार्यक्रममा सैनिक संघ भक्तपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । चाडवाडको अवसरमा रगतको अभाव हुने र रक्तदाताहरु पनि चाडवाडमा व्यस्त हुुँदा विरामीलाई रगत अभाव नहोस भनी आफूहरुले कार्यक्रम स्थलमा नै रक्तदान आयोजना गरेको पूूर्व सैनिक संघ भक्तपुुरका अध्यक्ष सुुर्दशन दाहालले बताउनुुभएको थियो ।
रक्तदाताहरुलाई प्रतिनिधिसभा सदस्य दुुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुुरेश श्रेष्ठ, चाँगुनारायण नगर प्रम्ख जीवन खत्री लगाएतका महानुभावले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको समेत दाहालले जानकारी दिनुभएको छ ।