काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ ।
छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए ।
नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए ।
प्रजातान्त्रिकआन्दोलनकाअगुवा समेत रहेकामुल्मीले गान्धीआश्रम र असहायमहिलाकालागि गृह स्थापना गरेकाथिए । उनलाई सामाजिक क्षेत्रमा एक प्रतिबद्ध मानवअधिकारकर्मी, समाज सुधारक र गान्धीविचार र विचारकाप्रवर्द्धकका रूपमा स्मरण गरिन्छ।
उनैको नाममाविगत ४ वर्षदेखि प्रदानगरिंदै आएको पुरस्कार बंगलादेशकी७२ वर्षीय योद्धा सुल्तानालाई दिइएको हो ।
सुल्तानाकमलपाकिस्तान र बंगलादेश विभाजन अघिका दिनदेखि प्रगतिशीलआन्दोलनमा संलग्नभएकीथिइन् । देशको सांस्कृतिक स्वायत्तताकालागि सङ्घर्ष, विश्वव्यापीधर्मनिरपेक्ष शिक्षाको आन्दोलन, सन् १९६९ को जनआन्दोलन, १९७१ को बंगलादेशको मुक्ति युद्धलगायत विभिन्न सामाजिकआन्दोलनहरूमा सक्रियभएकी सुल्तानाकमलले विभिन्न संघसंस्थाकाअलावा शिक्षण संस्था र अस्पतालहरु स्थापनागर्न योगदान गरेकीथिइन् ।
उनीधार्मिक र जातीयअल्पसंख्यकहरूको अधिकारको लागि सक्रियपनि छिन । उनले धर्म निरपेक्षकालागि खेलेको भूमिकाबाट असन्तुष्ट एउटा इस्लामिक समूहले दुईपटक उनको घरमा बम पडकाइ मार्ने प्रयास गरेको थियो ।
पुरस्कार वितरण गर्दै राष्ट्रिय मानवअधिकार आयोगकाअध्यक्षतपबहादुर मगरले नेपाल र बंगलादेशकामुक्तिआन्दोलनमाजनताको सक्रियता उस्तै प्रकारको रहेको र बंगलादेशसँग नेपालको सम्वन्धतुलनात्मक रुपमा गाढा रहेको बताए । नेपालमा र बंगलादेशमा रहेकामानवअधिकारकर्मीहरुको योगदानले गर्दा नै नेपाल र बंगलादेशमाअन्य सार्क राष्ट्रहरुका तुलनामामानवअधिकार मजबुत रहेको बताए ।
नेपाल मेडिकल काउन्सिलकाअध्यक्षतथाबंगलादेशकापूर्व राजदुत प्राडा चोपलाल भुसालले बंगलादेशकाजनताहरुले र सरकारले नेपाललाई अत्यन्तै मित्रवत रुपमा हेर्ने गरेको र नेपाली संस्थाले बंगालदेशकी योद्धालाई गरेको सम्मानले जनस्तरबाट सम्वन्धमजबुतबनाउन ठोस योगदानदिने बताए ।
वर्क फर बेटर बंगलादेशकागौस पियरी (मुक्ति) ले नेपाली संस्थाको साथ र सहयोगमाबंगलादेशमा सुर्ती नियन्त्रण, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तनका क्षेत्रमाकाम गरेको जानकारी दिए ।
सम्मानितव्यक्तित्व सुल्तानाकमलले आफ्नो योगदानको कदर नेपाली जनताबाट समेत भएकोमागौरवान्वितभएको बताइन् ।
कार्यक्रममा छत्रलक्ष्मी –रुद्रलालमुल्मी फाउन्डेसनकाअध्यक्षशान्तलालमुल्मीले सामाजिक क्षेत्रमानिस्वार्थ रुपमाकामगर्ने समाजसेवीहरुको खोजीगर्दै पुरस्कार प्रदानगर्दै जाने बताए ।
कार्यक्रममामानवअधिकार आयोगका सदस्या डा. लिलीथापा, गैरसरकारी संस्थामहासंघका अध्यक्ष रामप्रसाद सुवेदी, मानवअधिकारकर्मी प्रा. कपिलश्रेष्ठगायतले बंगलादेश नेपालको जनस्तरको सम्वन्धबारे चर्चा गरेकाथिए ।