काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
राष्ट्रपतिको कार्यालयका प्रेस अधिकारी खिलकान्त कर्कीका अनुसार राष्ट्रपति पौडेललाई आज बिहान प्रोस्टेटसम्बन्धी समस्याको उपचारका लागि अस्पताल भर्ना गरिएको हो।
त्रिवि शिक्षण अस्पतालका कार्यवाहक कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेलको उपचार सुरु भइसकेको छ।