भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी भएका छन् ।
शुक्रवार सम्पन्न निर्वाचनमा निकटतम प्रतिदोन्दी जगत् कृष्ण प्रजापतिलाई पछि पार्दै शिल्पकार विजयी भएका हुन ।
यस्तै उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की राजल छुँका हरिसुन्दर , कोषाध्यक्षमा राम गोपाल तमखु, महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कार विजयी भएका छन् ।
यस्तै केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी विजयी भएका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा निर्वाचित हुने सुन्दर शिल्पकारसहित सम्पूर्ण पदाधिकारी, सदस्यहरू र केन्द्रीय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरूलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना ।