भक्तपुर टाइम्स र संवाहक डटकमबीच नयाँ यात्रा प्रारम्भ

190

भक्तपुर। भक्तपुर टाइम्स र संवाहक डटकमले एक आपसमा मर्ज भई साझा यात्राको प्रारम्भ गरेका छन् ।

अनलाइन सञ्चारको माध्यमबाट जनताको सूचनाको हकलाई सुनिश्चित गर्दै आएका यी दुई अनलाइन मिडिया अब एकीकृत रूपमा अझ सशक्त भएर अघि बढ्न लागेको भक्तपुर टाइम्सका सम्पादक राजल छुकाँ हरिशुन्दरले बताउनुभयो ।

यस सहकार्यले विकृति, विसंगति उजागर गर्ने, आवश्यक विषयमा खबरदारी गर्ने र जनतालाई सुसूचित गर्ने आफ्नो भूमिका अझ प्रभावकारी बनाउने दाबी गरिएको उहाँले बताउनुुभयो।

मर्जपछि पाठकले फरक स्वादका समाचार, विश्लेषण, र जानकारी संवाहक डटकम अनलाइन पोर्टलमार्फत पाउनेछन्।

यो सहकार्यले सञ्चारको क्षेत्रमा नयाँ आयाम थप्दै, गुणस्तरीय सामग्री र प्रभावकारी सूचनाको प्रवाह सुनिश्चित गर्ने संवाहक डटकम र भक्तपुर टाइम्सले प्रतिवद्दता गरेका छन् ।