भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन र व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शशि जंग थापाले आज एक कार्यक्रमका विच औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर अस्पताललाई यथावत् स्थानमा राखिराख्ने जिम्मेवारी र चुनौती पनि उहाँमाथि थपिएको छ ।