कमलविनायकमा टाउकोमा इँट्टा प्रहार गर्नेहरू पक्राउ

380

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलपोखरीस्थित पाटीमा बसिरहेको अवस्थामा भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. १० चित्तापोल बस्ने भोटु बहादुर कार्कीको छोरा बर्ष २७ को रन्जित कार्कीलाई कुटपिट तथा ईंटाले टाउकोमा प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेकाे छ ।
उक्त घटनामा संलग्न रहेका आराेपमा प्रहरीले चाँगुनारायण नगरपालिका वडा नं. ६ खरिपाटी बस्ने बर्ष १८ को समिर नेपाली, भक्तपुर नगरपालिका वडा नं. १० कमलपोखरी बस्ने बर्ष १८ को आशिख सिजखो, बारा सिंगोल घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ खरिपाटी बस्ने बर्ष १८ को सुमन तामाङ, सिन्धुली मरिण गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर चागुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी बस्ने बर्ष १८ को अशोक तामाङ, काभ्रेपलान्चोक पाँचखाल घर भइ हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष १६ को साजन तामाङ र काभ्रेपलान्चोक पाँचखाल घर भइ हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष १६ को संजिब तामाङ रहेका छन् ।
उनीहरूको प्रहारबाट कार्की अचेत भएका थिए । साे घटनामा संलग्नहरूलाई अपराध शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले पुस १ गते पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको छ । उक्त घटना २०८१।०८।३० गते रातको अन्दाजी साढे ९ बजेकाे हाे ।