मुस्ताङ जिल्लामा अत्यधिक चिसो र हिमपातका कारण शैक्षिक गतिविधिमा प्रभाव परिरहेको छ। शीतकालीन समयमा विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ प्रक्रियालाई ध्यानमा राख्दै यहाँका विद्यालयहरूले लामो हिउँदे बिदा लिने परम्परा अपनाएका छन्।
जिल्लामा ३५ सामुदायिक र १२ अन्य शिक्षण संस्था (गुम्बा, आम्ची विद्यालय) छन्। उपल्लो मुस्ताङका विद्यालयहरूले कात्तिकमै न्यानो स्थानमा कक्षा सर्ने परम्परा छ, भने तल्लो मुस्ताङका विद्यालयहरूले पुस र माघ महिनाभरि बन्द हुने गर्छन्। यसले स्थानीय शिक्षण प्रणालीमा दुई महिना लामो अन्तराल ल्याउँछ, जसले सिकाइ उपलब्धिमा ह्रास ल्याएको गुनासो गरिएको छ।
सरकारले देशभर एकरूपता ल्याउन शैक्षिक सत्रलाई एकसाथ सुरु गर्न निर्देशन दिएको भए पनि हिमाली जिल्लाहरूको विशेष परिस्थितिलाई मध्यनजर गर्दै यसलाई परिमार्जन गर्नुपर्ने माग गरिएको छ। हिमाली जिल्लाहरूको वातावरणीय कठिनाइलाई ध्यानमा राख्दै शिक्षण प्रणालीलाई अनुकूलन गर्न थप पहलको आवश्यकता छ।