काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा पनि अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो।
लामिछानेविरुद्ध तीन कसूरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्। उनका अनुसार लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो।
मुद्दाको अन्तिम किनारा नलाग्दासम्म लामिछानेको सांसद पद निलम्बन हुने भएको हो।