भक्तपुर । यही पौष महिनाको १२,१३,१४ गते मध्यपुरथिमिामा मध्यपुर महाेत्सव २०८१ हुँदैछ । मध्यपुर थिमि नगरपालिकाले साे क्षेत्रमा पर्यटन विकासमा टेवा पुर्याउन साे महाेत्सव गर्न लागेकाे हाे । उक्त महाेत्सवलाई भव्य तवरले सम्पन्न गरणन नगरपालिका जाेडताेडले लागिरहेको छ ।
टाेलटाेल, बस्तीमा महाेत्सव केन्द्रीत गतिविधिहरू अघि बढिरहेका छन् । यसले मध्यपुरका सबै व्यक्तिहरूलाई उत्साहित बनाएको छ । यही सन्दर्भमा `हिमालमाथि उभिएर´ नामक कविता संग्रह प्रकाशित गरिसकेका लेखक तथा कवि प्रद्ध्युम्न पौडेल रचित कविता यहाँ पस्केका छाैं ।
सम्पदा र संस्कृतिको, धनी मध्यपुर
असल कर्म संस्कारको,थलो मध्यपुर
बालकुमारी माइ दर्शन,गरि घुमौं मध्यपुर
सिद्दिकाली, नीलबाराहीको,गौरब मध्यपुर।
…………………………………………….
बिष्णुकुण्ड, दुइपोखरी, कमलपोखरी बोडे
नगदेशको स्वर्ण झ्या: हेर्न,कहिल्यै नछोडे
कुमारी पार्क रमणिय छ, जानू होला घुम्न
दिब्यश्वरी, कुशलभैरब, बनदेबीमा रम्न।
…………………………………………….
सोझा जनता मध्यपुरका, मिजासिला अति
सेरामिकको आकर्षक भाँडा,तरकारी खेती
दिब्यश्वरी,बालकुमारी,चपाचो,बोडे,नगदेश
बिस्का: जात्रा,जिब्रो छेड्ने,यहिंको परिबेश।
…………………………………………………
पौष महिनाको १२,१३,१४ जाउँ मध्यपुर
आकर्षक महोत्सव हुँदैछ है,पुगौं मध्यपुर
योमरी, बारा,खाजा खाइ, घुमौं मध्यपुर
देशको गौरब हाम्रो थलो, प्यारो मध्यपुर।
जय मध्यपुर
प्रद्युम्न पाैडेल