सन्जिब दुलाल
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा आयोजित स्वास्थ्य शिविरबाट ५३० जना लाभान्वित भएका छन् ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद चिकित्सालय, चाँगुनारायण नगरपालिका, चाँगुनारायण अस्पताललगायतको आयोजनामा तथा मण्डनदेउपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहकार्यमा सम्पन्न भएको हो।
नगरकोट चोकमा आयोजित एक दिने शिविरमा ईसीजी, भिडियो एक्स–रे, माइनर शल्यक्रिया (वटी) लगायत विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरबाट लावान्वितहरु यस प्रकार रहेका छन् ।
भिडियो एक्स–रे: ८८ ११६ जना
ईसीजीः८८ ५१ जना
माइनर शल्यक्रिया:८८ ४१ जना
स्त्रीरोग (स्तन र पाठेघर क्यान्सर स्क्रिनिङ):८८ ११५ जना
आँखा जाँच:८८ १६० जना (मोतीबिन्दु – २०, आँखामा मासु पलाएको – १०)
छाला तथा यौन रोग:८८ ४५ जना
मानसिक रोग:८८ २० जना
नाक, कान, घाँटी जाँच:८८ ४५ जना
दन्त सेवा:८८ ६५ जना
हाडजोर्नीः८८ १४५ जना
फिजिसियन सेवा:८८ ४१० जना
आयुर्वेद:८८ १६२ जना
ल्याब परीक्षण:८८ २५७ जना
शिविरले नगरवासीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउँदै जनस्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको छ खतिवडाले बताउनुभयो ।
यस्तै शिविरको उद्घाटन गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले यस्ता स्वास्थ्य शिविरहरूले लुकेर बसेका रोग पत्ता लगाउन सहयोग पुग्ने बताउनुभएको थियो । उहाँले शिविरबाट अस्पताल सँग पहुँच नभएका बिरामीले पनि सेवा लिन सक्ने बताउँदै यस्ता शिविर हरेक वडा तथा टोलमा गर्न आवश्यक भएको समेत बताउनुभएको थियो ।
शिविर मार्फत आफ्नै घर आँगनमा नै सेवा लिन पाउँदा स्थानीय पनि खुसी हुने र उनीहरूको रोग पत्ता लगाउन सहज पनि हुने भएकाले स्वास्थ्य सेवा प्रदायक संस्थाले यस्ता शिविरको आयोजना गरी समाजमा लुकेर बसेका रोग पत्ता लगाइ स्वास्थ्य नागरिक उत्पादनका सहयोग गर्नु पर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकी, चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धनबहादुर लामा लगायतका वक्ताले स्वास्थ्य शिविरको आयोजनाको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँहरूले यस्ता स्वास्थ्य शिविरको आयोजनाले ग्रामीण भेगमा लुकेर बसेका रोग पनि पत्ता लगाउन सहज हुने बताउनुभएको थियो ।