भारतमा किन मःमः बहिष्कार अभियान थालियाे ?

467

दक्षिण एसियामै धेरै रुचाइने त्यसमाथि भारतमा त अति खपत हुने मःमः भारतमा भने अब खान नपाईने संभावना बढेको छ ।

मःमःमा अत्याधिक अजिनामोटो प्रयोग हुने जसले मानव स्वास्थ्यमा धेरै असर गर्ने भन्दै सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मःमः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट शुरु गरिएपछि यो अभियान भारतभरी नै फैलने अनुमान गरिएको छ ।

लोकप्रिय परिकार मःमःमा अजिनोमोटो राखिएको भन्दै भारतीय जनता पार्टीका सांसद रमेश अरोराले प्रतिबन्धको अभियान थालेका हुन्।धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएपछि मःम पारखीहरु चिन्तित हुन थालेकको आजतक अनलाइनले लेखेको छ ।

भारतमा मःमः नेपाली खानाको रुपमा परिचित छ । अरोराको अभियानपछि जम्मुमा मःमःको बिक्री ३५ प्रतिशतले घटेको भन्दै भाजपाका ति अभियानकर्ताले सन्तुष्टि जनाएका छन्। ‘अजिनोमोटोका कारण मःमः आन्द्राको क्यान्सर र विभिन्न घातक रोगको मूल कारणको रुपमा देखिएको छ,’ अरोराले भने– पाँच महिनादेखि आफ्नो राज्य कश्मिरमा मात्रै भए पनि मःमः प्रतिबन्ध लगाउन अरोराको प्रयास जारी छ ।

अजिनोमोटो लागूऔषधभन्दा खतरनाक

‘अजिनोमोटोले क्यान्सरलगायत विभिन्न घातक रोग निम्त्याउँछ। यसले साधारण टाउको दुखाइलाई माइग्रेनमा परिणत गरिदिन्छ,’ उनले भने। मःमः खाँदा स्मरणशक्तिमा ह्रास आउने, दुई वर्षसम्म लगातार खाँदा पेटको क्यान्सर हुने एवं अजिनोमोटो लागूऔषधभन्दा खतरनाक भएको उनले दाबी गरे।

अरोराले हालै स्वास्थ्यमन्त्री बाली भगतलाई भेट गरेर मःमः र चिनियाँ परिकारमाथि प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरेका छन्।

भारतमा अजिनोमोटो प्रतिबन्ध

भारतमा अजिनोमोटो प्रतिबन्ध छ । प्रधानमन्त्री कार्यालयका कनिष्ठमन्त्री जितेन्द्र सिंह नेतृत्वको टोलीले गरेको अनुसन्धानले भारतमा मःमः लोकप्रिय भएको देखाएको थियो।

भारतमा मःमः नेपाली खानाको रुपमा परिचित छ । उत्तरपूर्वी भारतका प्रान्तहरु एवं राजधानी नयाँ दिल्लीमा मःमः धेरैको प्रिय परिकार हो। नेपालमा भने प्राय नेपालीको भान्छामा अजिनामोटो रहने गर्दछ ।

अजिनाको प्रयोगले हड्डी कमजोर भइ धुलिने, आन्द्राको क्यान्सर, जस्ता दिर्घकालिन रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।