सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेश आउने सम्भावना

46

कास्की : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान सकिएको हो।

आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे। जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले पनि बहस गरेका थिए।

यसअघि रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए।
अब भोलि सरकारी वकिलले जवाफी बहस गरेपछि आदेश आउने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

‘सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउन सक्छ। तर बहस कति लामो समय जान्छ यसै भन्न सकिएन,’ उनले भने, ‘बहसमा भर पर्ने कुरा भयो।’