तिब्बत:- दक्षिणपश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार दिउँसो ३ बजेसम्म कूल एक हजार २११ वटा परकम्प पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ।
भूकम्पका कारण १२६ जनाको मृत्यु भयो भने १८८ जना घाइते भएका छन् । भूकम्पमा फसेका ४०७ जनाको भने उद्धार गरिएको छ।
क्षेत्रीय भूकम्प ब्युरोका अनुसार ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। ३३ वटा पराकम्प तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्युरोले जानकारी दिएको छ।