काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् । लामो समय देखि उक्त स्थानका स्थानीय बासिन्दा आन्दोलनमा नै रहेका छन् ।
बोजिनिमा निर्माणधिन सवस्टेसनको विरोधमा यहाँका स्थनीय बासिन्दाले विरोध गर्दै आएका छन् ।
आफ्नो पहिचान नै मेटाउने गरि बस्तीको विचमा सवस्टेसन निर्माण गर्न लागेको भन्दै स्थनीयले लामो समय देखि विरोध गर्दै आएका हुन् ।
उक्त क्षेत्रमा पर्याप्त रुपमा सार्वजनिक जग्गा तथा खुला स्थान भएपनि आफ्नो गाउँको बिचमा उक्त एमसिसि परियोजना अन्तर्गतको सवस्टेशन बनाउन लागेको भन्दै बोजिनिका स्थानीय विरोधमा रहेका छन् ।
अन्तराष्ट्रि जनजाती कानुन अनुसार पनि जनजातीहरुको मौलिक बस्तीलाई बेवास्ता गर्दै कुनै पनि संरचना तथा परियोजना संचालन गर्न नपाउने नियम रहेको छ । तथापी उक्त स्थनमा लामो समय देखि स्थानीय विरोधमा भएपनि सवस्टेशनको निर्माण कार्य भने भई रहेको छ ।
काममा अवरोध गरेको आरोपमा उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो । सो स्थानमा प्रहरीले यसअघि पनि बल प्रयोग गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।