काँग्रेस नेतृ अम्बिका देवी झा (शारदा)को निधन,  १३ दिन सम्म पार्टीको झण्डा आधा झुकाउने 

106

भक्तपुर ।  शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष अम्बिका देवी झा (शारदा) को निधन भएको छ । उपचारको क्रममा मंगलवार साँझ उहाँको भक्तपुर अस्पतालमा निधन भएको हो ।

उहाँ शहीद भरत गोपाल झाको पत्नी हुनुुुुुुुुु हुन्थ्यो । शहीद भरत गोपाललाई तत्कालीन सरकारले पञ्चायति व्यवस्थाको बिरोध गर्दा पक्राउ गरी रहस्यमय ढंगले हत्या गरेको थियो ।

पति वियोगले बिचलित नबनी शारदा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो ।

७५ वर्षीया शारदा भक्तपुर काँग्रेसको अभिभावकका रूपमा रहँदै आउनुभएको थियो । शहीद भरत गोपाल झा प्रतिष्ठान मार्फत उहाँ सामाजिक सेवाम समेत सक्रिय रहँदै आउनु भएको थियो  । उहाँको निधनले पार्टीलाई अपूर्णनीय क्षती पुगेको नेपाली काँग्रस भक्तपुरका सभापति दुर्लभ थापा र बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।

मंगलवार राति नै उनको पार्थिव शरीरलाई पशुपतिको आर्यघाट पुर्याई अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

जिल्ला कार्यसमितिका पूर्व सदस्य तथा सहिद भरत गोपाल झाकी धर्पपत्नी, महिला संघ भक्तपुरका पूर्व अध्यक्ष श्रद्धेय नेतृ अम्बिका देवी झा (शारदा) को  निधन भएकोले शोक व्यक्त गर्न पार्टीको पुर्व निधारित कार्यक्रम सबै स्थगित गरि जिल्ला कार्यालय तीन दिन बन्द गर्ने निर्णय भएको जिल्ला सचिव सुसिल बस्नेतले जानकारी दिनुभयो । उहाँका अजुसार जिल्ला मातहतका सबै कार्यसमितिको कार्यालयलाई सोही गर्न निर्देशित गरि १३ दिनसम्म पार्टी कार्यालयको झन्डा आधा झुकाइने छ । १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम भक्तपुर नगर कार्यसमितिको व्यवस्थापनमा गर्ने समेत उहाँले जानकारी दिनुभयो ।