अन्याय अत्याचार विरुद्धको त्यो बोली
राष्ट्रप्रतिको जिम्मेवारी बोध गरी
फाँसीमा झुण्डिन तयार शुक्रराज
तिमीलाई छ सधैंसधैं सलाम
राष्ट्रप्रतिको जिम्मेवारी बोध गरी
फाँसीमा झुण्डिन तयार शुक्रराज
तिमीलाई छ सधैंसधैं सलाम
जहाँनिया शासनमा माफीको कृपा त्यागेर
देश र जनताको स्वाभिमान गुम्न नदिई
प्रजातन्त्रको लागि बलिदान दिने धर्मभक्त
तिमीलाई छ सधैंसधैं सलाम

मृत्युदण्ड दिन्छ भन्दाभन्दै हाँसीखुसी
देशको लागि आफ्नो ज्यानको बाजी
थापेका महान योद्धा गंगालाल
तिमीलाई छ सधैंसधैं सलाम
निरंकुशताको पराकाष्ठा नाघेपछि
व्यवस्था नै उल्टाउने त्यो लडाईमा
गोली खान तयार दशरथ चन्द
तिमीलाई छ सधैंसधैं सलाम
राजनीतिक स्वार्थको सिद्धान्त भन्दा नि
देशभक्तिको भावनाले जनताको एकता
जागृत गर्ने देशका महान सपुतहरु
तिमीलाई छ सधैंसधैं सलाम
निरंकुशताको विरुद्ध बोल्ने जनताको अधिकार
स्थापित गर्न पारिवारिक समस्यालाई नगण्य मानी
क्रान्तिकाे दियो बाल्न आफ्नो ज्यानलाई बलि दिन तयार
त्यसैले त, तिमीलाई छ सधैंसधैं सलाम