भक्तपुर । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकाे दिन । यस दिनलाई धेरै विद्यालयशरू, प्रि- स्कूलहरू, मन्टेश्वरीहरूले अक्षरारम्भ गराउने दिनका रूपमा लिएका छन् । साेही अनुसार अहिले विज्ञापनसहित प्रचारप्रसार गरिरहेका छन् ।
बालबालिकालाई अक्षरारम्भ गराउने शुभ साइतका रूपमा धार्मिक मान्यता बाेकेकाे श्रीपञ्चमीकै सेरोफेरोमा बालविकास विज्ञ एवम् शिक्षाकर्मी सानू अमात्यले प्रि- स्कुल राेज्दा ख्याल गर्न अनुरोध गरेकी छन् ।
भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमीको २२औं वार्षिकोत्सबका अवसरमा आयाेजित कार्यक्रममा उनले साे कुरा बताइन् । उनले मिसन र भिजन भएकाे विद्यालय र सञ्चालक भएकाे विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याइरहेकाे चर्चा गर्दै प्रि- स्कुल छनाेट गर्दा पछुताउनुपर्ने स्थितिप्रति सजग हुन अनुराेध गरिन् ।
उनले भक्तपुरमा रहेका धेरै प्रि-स्कुल र विद्यालयमध्ये पारागन स्कुल विद्यार्थीकाे सर्वाङ्गीण विकासप्रति प्रतिवद्द शैक्षिक व्यक्तित्वहरूकाे राेहबरमा शैक्षिक उन्नयनका लागि स्थापित भएकाे बताइन् । बाल विकासविज्ञ अमात्यले पारागन स्कूलकाे शैक्षिक व्यवस्थापनबाट आफू प्रभावित भएको उल्लेख गरिन् ।