भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण नगरपालिका–१, वेसी दुवाकोट को आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ।
भोली शनिवार विहान ७ः३० बजेदेखि साकोसको आयोजनामा मनोहरा आधारभूत विद्यालय, चाँगुनारायण नपा–१, वेसी दुवाकोट मा रक्तदान कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले प्राविधिक सहयोग गर्नेछ भने नेपाल रेडक्रस सोसाइटी सरस्वतीखेल उपशाखाले समन्वयको भूमिका निर्वाह गर्नेछ।
यस रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान जस्तो महान कार्यमा योगदान पुर्याउन आयोजक संस्था सम्पूर्ण इच्छुक व्यक्तिहरूलाई आग्रह गर्दछ। रक्तदान जीवनदान हो ।