नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले क्रियाशील नवीकरण फारम बुझायो

38

भक्तपुर – नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले नगरको क्रियाशील नवीकरण फारम भक्तपुर प्रदेश सभा क्षेत्र नं. २ “क” का क्षेत्रीय कार्यसमितिका सभापति प्रदीप कार्कीलाई बुझाएको छ।

नगर कार्यसमितिको बैठकको निर्णयअनुसार नगर सभापति निशान ढुंगेलले फारम बुझाएका हुन्।

फारम हस्तान्तरण कार्यक्रममा जिल्ला प्रतिनिधि एवं सचिव राजेश खड्का, नेपाली कांग्रेस भक्तपुर-२ “क” प्रदेश सभा क्षेत्रीय समिति, नगर समिति तथा वडा कार्यसमितिका सभापतिहरू उपस्थित थिए।

कार्यक्रमपछि प्रदेश सभा क्षेत्रीय सभापति भेषबहादुर कार्कीले जिल्ला कार्यसमितिबाट प्राप्त नयाँ क्रियाशील सदस्यता फारम प्रदेश सभा क्षेत्रलाई हस्तान्तरण गरेका थिए। त्यसपछि प्रदेश कार्यसमितिले ती फारम नगर कार्यसमितिलाई बुझाएको हो।

नगर कार्यसमितिले बैठक गरी कार्यतालिका तयार पार्ने निर्णय गरेको छ। त्यसअनुसार फागुन १५ गतेभित्र सबै वडा कार्यसमितिमा फारम वितरण गर्ने लक्ष्य राखिएको छ।