बागमती प्रदेशका अर्थमन्त्री काफ्लेद्वारा रक्त सञ्चार सेवाको अवलोकन

43

भक्तपुर ।  बागमती प्रदेश सरकारका अर्थ मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्तर्गतको रक्त सञ्चार सेवाको अवलोकन भ्रमण गर्नुभएको छ।

भ्रमणका क्रममा उहाँले रक्त सञ्चार सेवाको कार्यप्रणाली, रगत संकलन तथा व्यवस्थापन सम्बन्धी जानकारी लिनुका साथै आवश्यक सुधारका विषयमा सरोकारवालाहरूसँग छलफल गर्नुभएको थियो ।

मन्त्री काफ्लेले रक्त सञ्चार सेवाको प्रभावकारिता बढाउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

सो अवसरमा बागमती प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठ, रेडक्रस भक्तपुरका सभापति पशुराम पाण्डे रेडक्रसका मन्त्री धर्मराज कार्की लगाएतका सरोकारवालाहरूको  उपस्थिति रहेको थियो।