कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित

5

ललिपुर । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले १८ महिने कार्यकालमा ३६ बुँदे महत्वपूर्ण उपलब्धि गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेमार्फत अध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कृष्णमान लामा स्वास्थ्य समस्याले बिदामा रहनुु भएकाले आचार्यले उपाध्यक्षमार्फत अध्यक्षलाई १८ महिने महत्वपूर्ण उपलब्धि हस्तान्तरण गर्नुभएको हो ।
कुुशल प्रकाशक तथा व्यवस्थापकको भूमिका निर्वाह गर्न सक्ने काविल क्षमतावान प्रशासकको रुपमा चिनिदै आउनुु भएका आचार्यको प्रशासनिक नेतृत्वमा अपेक्षा गरे भन्दा धेरै उपलब्धि हासिल भएको गाउँपालिकाले जनाएको छ ।
उहाँको यस अगाडि कार्यरत रहेको सबै स्थानीय तहलाई अब्बल सावित गराउने कार्यमा भूमिका निर्वाह गर्दै आउनुु भएको छ ।
आचार्यले कोन्ज्योसोम गाउँपालिकामा डेढ वर्ष प्रमुख प्रशासकीय अधिकृत रहँदा स्थानीय नागरिकलाई स्थानीय सरकार भएको महशुस गर्ने गरी प्रशानिक सहजिकण गर्नेदेखि नीतिगत निर्णय गर्ने कार्यमा समेत सहजिकरण गर्दै आउनुु भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले आचार्यको कार्यकालमा गाउँपालिकाले अपेक्षाकृत उपलब्धि हासिल गरेको बताउनुुभयो । कर्मचारी बैठकबाट इनोभेटि आइडिया संकलन गरी गाउँ सभामार्फत नीति कार्यक्रममा समावेश गर्ने गरिएको, स्थानीय सरकार सञ्चालनको प्रारम्भिक आधारको रुपमा राखिएको गाउँपालिकाको कार्यसम्पादन कार्यविभाजन, निर्णय वा आदेश वा प्रमाणिकरण गर्ने कानुुनहरु कार्यपालिकाबाट पारित गराउन भूमिका निर्वाह गरेको छ ।
गाउँपालिकामा निर्मित कानुनुहरु समेटि पहिलो पटक कानुन संग्रह प्रकाशन गर्ने भूमिका निर्वाह गरिएको, गाउँपालिकाको डयारी प्रकाशन, स्थानीय भाषाको समबोटालिपिमा गाउँपालिकाको नाम लेटर प्याड र साइनबोर्डमा लेख्नका लागि आचार्यले भुमिका निर्वाह गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सबै शाखा, उपशाखा, इकाइ, केन्द्र वडा कार्यालय र स्वास्थ्य चौकी समेतले प्रयोग गर्ने गाउँपालिकाको लेटर प्याडमा एकरुपकता ल्याइएको, धुलिखेलमा गाउँपालिकाको आर्थिक वर्ष २०७९÷ ८० को वार्षिक प्रगति समिक्षा गरी धुलिखेल घोषणा पत्र जारी गरिएको , गाउँ कार्यपालिकाको बैठक, निर्णय हस्तलिखित हुने गरिएकोमा बैठक समयमा नै डिस्प्ले हुने गरि टाइप गरी नेपाली कागजमा प्रमाणिकरण गरी अभिलेख राख्ने व्यवस्था गरिएको, आन्तरिक राजश्व बढाउन सिर्जनात्मक विचारहरु लिइ सोही आधारमा गाउँसभाबाट आर्थिक ऐन संशोधन गरिएको, गाउँपालिकाको संस्थागत स्मरण थप बलियो बनाउनका लागि शाखा उपशाखाहरुबीच परस्सपरमा बरबुुझारथ गर्ने कर्या गरिएको, राज पत्र प्रकाशनको अभिलेख राख्ने कार्य पहिलो पटक सुुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
जिन्सी सामान व्यवस्थापनका लागि पाम्स लागूू गरिएको, निर्णय वा आदेश र अधिकार पत्र प्रमाणिकरण नियमावली २०८० बमोजिम कानुुनहरु नेपाली कागजमा प्रिन्ट गरी सम्बन्धि अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गराई अभिलेख राख्ने कार्य गरिएको, प्रधानमन्त्रीको उपस्थितिमा कोन्ज्योसोम प्रतिमा उद्घाटन गरिएको, गाउँपालिकाको संगठन तथा व्यस्थापन सर्वेक्षणको पहल लिइएको, कर्मचारीको सेवा शर्त सम्बन्धि कानुन निर्माण गरी सभाबाट पारित गर्न पहल लिइएको, गाउँपालिाको सम्पत्ति करण प्रणालीको सुुरुवात गर्ने पहल लिइएको, गाउँपालिकामा पहिलो पटक स्थानीय दररेट पारित गरि लागू गर्ने पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुुभयो ।
गाउँपालिका अनुसार
गाउँपालिकामा पहिलो पटक वार्षिक खरिद योजना तयार गरिएको, गाउँ कार्यपािलकाको बैठकमा नियमावलिमा तोकिएको ढाँचा बमोजिम लिखित प्रस्ताव पेश गर्ने र सोको अभिलेख राख्ने प्रणालीको सुुरुवात गरिएको, गाउँपालिकाको वस्तुस्थित विरण र डिजिटल प्रोफाइल निर्माणको पहल लिइएको, गाउँपालिकाको वेबसाइडमा विपत पोर्टल थप गरी विपत सम्बन्धि सम्पूर्ण सूचनाहरु प्रवाह गर्ने गरिएको, गाउँसभा बैठकको पुूरा भिडियो तयार गर्ने पद्धतिको सुुरुवात गरिएको, संगठन विकास प्रतिवेदन अनुसार सबै शाखा उपशाखा र इकाइ र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको , गाउँपालिकाले प्रदान गर्ने सेवाको मापदण्ड तयार गरिएको , दिगो विकासको लक्ष्यलाई स्थानीयकरण सम्बन्धि नीति तथा योजना तयार गरिएको, गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धि कार्यविधि तयार गरिएको छ ।
त्यस्तै अन्तर स्थानीय तहको असर अभ्यास आदानप्रदान अन्तरगत खाँदबारी नगरपालिकाका उपप्रमुख नेतृत्वको न्यायिक समितिका टिम गाउँपालिकामा भ्रमण गरिएको, गाउँपालिकामा पहिलोट पटक सामाजिक परीक्षण कार्यको सुरुवात गरिएको, गाउँपालिकाको सबै गतिविधिहरु, सरोकारवालाहरुको जानकारीका लागि विभिन्न सञ्चार माध्यमबाट निरन्तर प्रकाशनको रुपमा सञ्चार माध्यममा कोन्ज्योजम पुस्तिका प्रकाशन गरिएको, नेपाल उद्योग वाणिज्य माहासंघ, लघु उद्यम विकास केन्द्र र कोन्ज्योसोम गाउँपालिकाबीच कृषि तथा पशुपालनको क्षेत्रमा साझेदारी गर्नका लागि मझादारी पत्रमा हस्ताक्षरण गरिएको, स्वास्थ्य संस्था प्रमुखका लागि मोबाइ सेट र नम्बर उपलब्ध गराइएको, वडा सचिवहरुका लागि आभाव सुविधाको लागि पहल भएको र कर्मचारीको बैठक नियमित गर्ने गरिएको छ कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।