काठमाडौं: त्रिपुरेश्वरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, उक्त वस्तु बम नभई सिरानी जस्तो देखिएको छ। उनले भने, “कसैले छाडेर गएको हुनसक्छ, बम पुष्टि भएन।”
शंकास्पद वस्तु देखिएपछि सुरक्षाकर्मीहरूले क्षेत्रलाई सुरक्षित बनाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो।
केही समय यातायात प्रभावित भए पनि अहिले अवस्था सामान्य भइसकेको छ।