नेपाल बार एसोसिएसनको केन्द्रिय सदस्यमा किरण न्यौपानेको उम्मेदवारी

93

भक्तपुर । अधिवक्ता किरण न्यौपानेले नेपाल बार एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। कानुनी क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आएका न्यौपाने पेशालाई पहिलो धर्म मान्दै, कानूनी सेवाको सुदृढीकरण र न्यायिक सुधारका पक्षमा दृढ अडान राख्दै अघि बढ्नुभएको छ।

२०५२ सालदेखि कानुनी पेशामा अनवरत रूपमा क्रियाशील न्यौपाने २०५७ सालमा अधिवक्ताको रूपमा अनुमोदित हुनुभएको थियो। उहाँले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको विभिन्न तहमा रहेर नेतृत्व सम्हाल्नुका साथै नेपाल बार एसोसिएसन भक्तपुर शाखाको सचिव, जिल्ला कानुन व्यवसायी संघ (DLA) का केन्द्रीय परिषद् सदस्य तथा जिल्ला सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको छ। हाल उहाँ मानव अधिकार तथा जनसरोकार समिति, भक्तपुरको संयोजकका रूपमा कार्यरत हुनुहुन्छ।

न्यायपालिकामा सुधार, कानुनी सेवालाई जनमुखी बनाउने तथा कानुन व्यवसायीहरूको हकहित संरक्षणका लागि न्यौपानेले आफूले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। कानुनी क्षेत्रमा उहाँको अनुभव, निरन्तर सक्रियता र संगठनात्मक क्षमताका कारण उम्मेदवारी बलियो मानिएको छ।

न्यौपानेले लोकतान्त्रिक, प्रगतिशील, देशभक्त कानून व्यवसायी समूह को नेतृत्व गर्दै प्रा.डा. विजय प्रसाद मिश्रको अध्यक्षतामा घोषणा गरिएको समूह बाट उम्मेदवारी दिनुभएको हो। नेपाल बार एसोसिएसनको आगामी नेतृत्व चयन प्रक्रियामा न्यौपानेको उम्मेदवारीले कानुनी वृत्तमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।