भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा भक्तपुर जिल्लाबाट ६ हजार ६०५ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरका अनुसार चैत ७ गतेदेखि सुरू हुने परीक्षाका लागि आवश्यक तयारी तीव्र पारिएको छ।
एकाई प्रमुख कमला ज्ञवालीका अनुसार परीक्षाका लागि भक्तपुरमा २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा सहज रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाइएको छ।
शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरले परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ।