नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकला प्रतियोगितामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

24

भक्तपुर। नेसनल प्याव्सन भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित पारिजात विद्याकुन्ज स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ५ तर्फ रूबी भ्याली स्कुलका अभिक ढकाल प्रथम तथा कक्षा ४ तर्फ यूनिटी स्कुलका हिमांशु भट्ट प्रथम भएका छन्।

कक्षा ५ का विद्यार्थीहरूका लागि “मोबाइल फोनको सदुपयोग” विषयमा भएको प्रतियोगितामा डेमोस स्कुलकी उपेक्षा तामाङ दोस्रो, मदरल्याण्ड स्कुलकी अग्रता पोखरेल तेस्रो तथा ईडेन गार्डेनका रोबर्टसन भण्डारी सान्त्वना स्थान हासिल गर्न सफल भए।

यस्तै, कक्षा ४ का विद्यार्थीहरूका लागि “स्वस्थ परिवार, सुखी समाज” विषयमा भएको प्रतियोगितामा डेमोस स्कुलकी सलोनी तामाङ दोस्रो, रूबी भ्याली स्कुलका सृजन चौलागाईं तेस्रो तथा ईडेन गार्डेनकी बृष्रुती सापकोटा सान्त्वना स्थान हासिल गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रतियोगिता सम्पन्न गराएकोमा पारिजात विद्याकुन्ज स्कुललाई धन्यवाद व्यक्त गर्दै विजयी तथा सहभागी विद्यार्थीहरूलाई बधाई दिनुभयो। उहाँले नेसनल प्याव्सन भक्तपुरले वार्षिक योजना अनुरूप विविध शैक्षिक तथा सिर्जनात्मक प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतियोगिताले विद्यार्थीहरूमा सार्वजनिक वक्तृत्व कला, आत्मविश्वास र सृजनशील सोचको विकासमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ