फियुचर स्टार इङ्लिस स्कुलको अभिभावक दिवस पुरस्कार वितरण समारोह सम्पन्न 

22

भक्तपुर ।  फयूचर स्टार इङ्लिस सेकेण्डरी स्कुल सिपाडोल, सुर्यविनायक ८ले  आफ्नो अभिभावक दिवस तथा पुरस्कार वितरण भव्य रूपमा समापन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा रहनुभएको थियो।

प्रमुख अतिथि मन्त्री थापाले विद्यालयले क्षेत्रीय स्तरमा दिएको शैक्षिक योगदानको प्रशंसा गर्नुभएको थियो । साथै उहाँले बागमती प्रदेशमा स्वास्थ्य सेवा र सुविधाको स्तरोन्नति गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा, इन्जिनियर सोसाइटी नेपालका उपाध्यक्ष नरेश खत्री लगाएतका महानुभावहरुले स्कुलको प्रगतिको प्रसंसा गर्दै विद्यालय नगरपालिकाको उत्कृष्ट संस्थागत विद्यालयका रूपमा स्थापित भएको बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न कार्यक्रमहरूमा उत्कृष्ट हुने तथा लगनशील विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।