भक्तपुरमा जेष्ठ नागरिकका लागि धूप बनाउने तालिम सञ्चालन

12

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र चाँगुनारायण नगरपालिकाको साझेदारीमा सञ्चालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत आज वडा नं. २, दुवाकोटमा जेष्ठ नागरिक मिलन चौतारीको समन्वयमा धूप बनाउने तालिम सञ्चालन गरिएको छ।

जेष्ठ नागरिक मिलन चौतारीलाई सक्रिय बनाउँदै जेष्ठ नागरिकलाई सीपमूलक तालिममार्फत आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोम प्रधानले गर्नुभएको थियो। कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई धूप उत्पादन प्रक्रियासम्बन्धी ज्ञान प्रदान गरिनुका साथै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास गरिएको आयोजक संस्था नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मराज कार्कीले बताउनुभयो ।