मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप बौद्ध स्तुपा (चैत्य) ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो। करिब पाँच सय वर्ष पुरानो यो छ्योर्तेन (बौद्ध स्तुपा) अमेरिकन हिमालयन फाउन्डेसनले निर्माण गरेको हो।
सम्डुप स्तुपा कोरोला घुम्न जाने मार्गमा पर्ने र सडक नजिकै अवस्थित भएकाले यात्रुहरूका लागि आकर्षणको केन्द्र बनेको छ। तिब्बती भाषामा ‘सम’ भनेको मन र ‘डुप’ भनेको प्राप्ति भन्ने अर्थ लाग्छ, जसको अर्थ “आफूले कामना गरेको चिज प्राप्त गर्नु” हो।
यस स्तुपाको पृष्ठभूमिमा रहेको निलगिरि हिमालले यो स्थानलाई थप सुन्दर र आध्यात्मिक ऊर्जा प्रवाह गर्ने स्थलका रूपमा परिचित गराएको छ। धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यो क्षेत्रले तिब्बतीयन बौद्ध धर्मावलम्बीहरूका लागि विशेष आस्था राख्छ।