स्ववियू निर्वाचन : नेपाली कांग्रेसका सह महामन्त्री जीवन परियार भक्तपुर बहुमुखी क्याम्पसमा मतदान गर्दै

64

भक्तपुर । नेपाली कांग्रेसका सह महामन्त्री जीवन परियारले भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनका लागि मतदान गरेका छन्। उनी सोही क्याम्पसका स्नात्तोकतर तहका विद्यार्थी हुन्।

स्ववियू निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंग मानिँदै आएको छ। परियारको मतदानले विद्यार्थी राजनीतिमा नेताहरूको सक्रियता र संलग्नताको महत्त्वलाई थप उजागर गरेको छ।

स्ववियू निर्वाचनका क्रममा विभिन्न विद्यार्थी संगठनहरू प्रतिस्पर्धामा छन्। भक्तपुर बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संघहरू आआफ्ना उम्मेदवारहरूका पक्षमा मतदान गरिरहेका छन्।