काठमाडौं उपत्यका विकास प्राधिकरणमा कर्मचारीको तालाबन्दी, तनावग्रस्त अवस्था

39

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले आफ्ना विभिन्न मागहरू राख्दै कार्यालयमा तालाबन्दी गरेका छन्। कर्मचारी आन्दोलनका कारण प्राधिकरणको कामकाज प्रभावित भएको छ भने कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

कर्मचारीहरूले प्राधिकरणका प्रमुख एवं विकास आयुक्त जानुका ढकाल को कार्यकक्षमा तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण ढकाल कार्यालय छोडेर मन्त्रालय गएको स्रोतले जनाएको छ। त्यस्तै, नायक विकास आयुक्त नवराज प्याकुरेल को कार्यकक्षमा समेत ताला लगाइएको छ।

प्राधिकरणका जिल्ला आयुक्तको कार्यकक्षमा पनि तालाबन्दीको प्रयास भएको थियो, तर आयुक्त कार्यकक्षमै रहेको हुँदा कर्मचारीहरूले ताला लगाउन सकेनन्।

स्थिति नियन्त्रणमा लिन कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ। कर्मचारीहरूले राखेका मागहरूबारे प्राधिकरणले औपचारिक प्रतिक्रिया दिएको छैन। आन्दोलनको मुख्य कारण र मागहरूको विस्तृत विवरण आउन बाँकी छ।