वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

36

भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत रहँदा आज बिहान उनको निधन भएको भाइ पुरु रिसालले जानकारी दिएका छन्।

वि.सं. १९८५ साल साउन २९ गते भक्तपुरको तिथली गाउँमा जन्मिएका भैरव रिसाल नेपाली पत्रकारिता, साहित्य, समाजसेवा र जनचेतनाको क्षेत्रका एक हस्ती, एक संस्था थिए। उनले तथ्याङ्क विभागमा काम सुरु गरेका थिए। पछि राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताका रूपमा कार्यरत भए। रेडियो सगरमाथामा “उहिले बाजेका पालामा” नामक लोकप्रिय रेडियो कार्यक्रम चलाउनुभएको थियो , जसले पुरानो पुस्ताको स्मृति र अनुभवलाई नयाँ पुस्तासँग जोडिदिन्थ्यो। २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुरबाट उम्मेदवार समेत बन्बन्नेभएको थियो । ।

रिसालले मानवअधिकार, वातावरण संरक्षण लगायतका क्षेत्रमा योगदान गरेबापत मानवअधिकारसम्बन्धी पुरस्कार, जगदम्बा श्री पुरस्कार पाएका थिए। उनका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘भैरव दाइ’ लगायत कृति प्रकाशित छन्।

अन्तिम योगदान : शरीर अध्ययनका लागि दान

उहाँले पहिल्यै घोषणा गरिसक्नु भएको थियो कि मृत्युपछि आफ्नो शरीर पाटन अस्पताललाई अध्ययनका लागि दिनेछन्। उहाँको यो निर्णयले उहाँको विज्ञानप्रतिको निष्ठा र समाजसेवाप्रतिको समर्पण देखाउँछ।

वरिष्ठ पत्रकार रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन्।


नेपाल पत्रकारिता र जनचेतनाको इतिहासमा भैरव रिसाल अमिट नाम हो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँको योगदान सदैव स्मरणीय रहनेछ।