यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत हो ।
प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् । यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गरिने आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।