अमेरिकामा भएको निर्वाचनमा भक्तपुरका खत्री सचिव पदमा निर्वाचित

128

भक्तपुर । बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बानां को निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा . ८ सुडालका सुशील खत्री सचिव पदमा निर्वाचित भएका छन् ।

करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका खत्री सचिव पदमा .चुनिएका हुन् । सुडालमा जन्मेका खत्री अमेरिकाको नेपाली समुदायको हितका लागि सक्रिय छन् । ‘हाम्रो बाना, राम्रो बाना’ बनाउने उद्देश्यका साथ निर्वाचनमा होमिनु भएको खत्रीले ९३९ मत प्राप्त गर्दै विजयी भए । त्यस्तै, अध्यक्षमा जितेन्द्र गुरुगले १ हजार १६१ मत प्राप्त गरेका छन् । खत्री जितेन्द्रको टिमका सचिव हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा जनक बहादुर थापा, उपाध्यक्षमा ब्रजेश महर्जन, महासचिवमा सलिन बस्नेत र कोषाध्यक्षमा सञ्जु डंगोल चुनिएका छन् ।