टोखामा मेलमिलापको आधारभूत तालिम

19

काठमाडौँ। टोखा नगरपालिकाको मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ । इडिसन नेपालको सहकार्यमा नगरपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिकको सुरु गरेको हो शनिवबार एक औपचारिक समारोहबीच तालिमको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सर्बोच्च अदालतका न्यायधिश सुनिल पोखरेलले कानुनी न्याय प्रणालीसँग मेलमिलाप प्रक्रियाको सम्बन्ध र यसको प्रभावकारीताबारे प्रकाश पार्दै स्थानीय तहमै विवाद समाधानको संस्कार विकास गर्न आवश्यक रहेको बताउनुुभयो । उहाँले मेलमिलाप प्रक्रियाले न्यायिक प्रक्रिया सजिलो, सस्तो र सहज बनाउने भएकाले यसको प्रभावकारी अभ्यासमा जोड दिन आग्रह गर्नुभयो ।
टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीबीच उत्पन्न हुने विवादहरुलाई सहजीकरणमार्फत समाधान गर्न मेलमिलाप तालिम उपयोगी हुने बताउनुुभयो । उहाँले मेलमिलापकर्ताको भूमिकाले समुदायमा शान्ति र सद्भाव कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख मुरारी तामाङले मेलमिलाप तालिमले समुदायमा नेतृत्वदायी भूमिका खेल्ने युवा, महिला र समाजसेवीहरूलाई सक्षम बनाउने बताउनुुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले मेलमिलाप प्रक्रिया स्थानीय सरकारको सेवा प्रवाहमा महत्वपूर्ण अंग बन्न थालेको र यस प्रकारका तालिमहरू नियमित रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता आवश्यकता औंल्याउनुुभयो ।
टोखा वडा नं. ०६ का वडाध्यक्ष शान्ता खनालले तालिमबाट वडा स्तरमै विवाद समाधानमा सहजता आउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा विभिन्न वडाका प्रतिनिधि, सामाजिक अगुवा, महिला तथा युवाहरूको सहभागिता रहेको छ ।